Swornakshar Logo

बाबुलाई झाडीमा फाल्दा मृत्यु

१७ असोज ।

धनुषा । नगराइन नगरपालिकास्थित बेहरा गाउँका एक युवकले आफ्नो ७० वर्षीय बाबु रामचन्द्र महतोलाई झाडीमा फाल्दा उनको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाका अनुसार रामचन्द्रका पाँच छोरा छन् । एक छोराले मोटरसाइकलमा राखेर ६ दिन अगाडि नै घरबाट करीब ३५ किलोमिटर दूरीमा पर्ने बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकाको सिमानामा पर्ने बेलाचापीस्थित झाडीमा फालेका थिए ।

एकछिनमा आउँछु भनेको छोरो फर्केर नआएको र आज अचानक उनको मृत्यु भएको प्रहरी निरीक्षक कुशवाहाले बताउनुभयो । रामचन्द्रको मृत्यु भएपछि फुलगामा चौकीसँग सहकार्य गरेर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

‘बुबालाई झाडीमा फाल्ने छोरो कुन हो भन्ने पत्ता लागेको छैन, अनुसन्धान गरिरहेका छौँ ’, उनले भने, ‘पहिचान खुल्ने बित्तिकै नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउँछौँ ।”