Swornakshar Logo

लागुऔषध गाँजा सहित ट्याङकर र चालक पक्राउ

१७ असोज ।
मकवानपुर ।लागु औषध गाँजा सहित ट्याङकर र चालक पक्राउ परेका छन् ।

लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाणडौबाट खटेको प्रहरी टोलीले लागु औषध गाँजा सहित ट्याङकर र चालक पक्राउ गरेको छ ।
लागु औषध गाँजा ओसार पसार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला मकवानपुर मनहरी गा.पा. ७ रमनटार स्थित लोकमार्गमा चितवन बाट हेटौडा तर्फ आउदै गरेको ना ४ ख ३९६९ नं. को ट्याङकरलाई रोकी चेकजाँच गर्दा उक्त ट्याङकरको तेल राख्ने १ नं. चेम्बरमा ७ पोका २ नं. चेम्बरमा १५ पोका गरी जम्मा २२ पोका तयारी लागु औषध गाँजा (चिप्पड) लाई प्लास्टिकमा बेरी प्लास्टिकको डोरीले बाँधी लुकाई छिपाई संचय तथा ओसार पसार गरी ल्याएको २९५ किलो लागु औषध गाँजा समेत ट्याङकर र ट्याङकर चालक पक्राउ गरेको छ ।

जिल्ला बारा जितपुर सिमरा उ.म।.न.पा. २२ अमलेख गंज बस्ने बर्ष ३८ को प्रहलाद बहादुर ठकुरीलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम सम्मानित मकवानपुर जिल्ला अदालतबाट अनुमती लिई आवस्यक कारवाही भईरहेको जिप्रका मकवानपुरका प्रवक्ता नरेश कुमार सिंहले बताए ।