Swornakshar Logo

टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि सूर्यविनायक तनावग्रस्त

१७ असोज ।
काठमाडौं । भक्तपुरको सूर्यविनायकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थिति तनावग्रस्त भएको छ ।
प्रहरीका अनुसार बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकद सवार दुई जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको परिचय भने खुल्न नसकेको प्रहरीले बताए ।

दुर्घटनापछि स्थानीयको भिडले टिपरमा आगजनी गरेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्यास समेत प्रहार गरेको छ ।

भक्तपुर प्रहरीका डिएसपी रेवतीरमण पोखरेलले अहिले स्थितिलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको बताए ।
उनले भने‘ म पनि घटनास्थलमै छु । स्थितिलाई सामान्य बनाउने प्रयास भइरहेको छ।’