Swornakshar Logo

नेकपाले तोक्यो ७ प्रदेशका इन्चार्ज र अध्यक्षको नाम

कृष्ण गिरी
५ असोज । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी९नेकपा०ले ७ वटै प्रदेशका इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको नाम टुङ्गाएको छ ।
शुक्रबार बिहान बालुवाटारमा बसेको नेकपाको सचिवालयको बैठकले ७ वटै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाम टुङ्गाएको छ ।
अब यीनै प्रदेशका चार जनाको टिमले प्रदेश कमिटीलाइ पूर्णता दिने र जिल्ला कमिटीको एकतालाई पूर्णता दिने सचिवालय सदस्य ईश्वर पोख्रेलले बताए ।

प्रदेश नं १

इन्चार्ज भीमप्रसाद आचार्य
सह इन्चार्ज सावित्री काफ्ले
अध्यक्षः देवराज घिमिरे
सचिवः सुरेशकुमार राई

प्रदेश नं २
इन्चार्ज सत्यनारायण मण्डल
सह इन्चार्ज विश्वनाथ साह
अध्यक्षः प्रभु शाह
सचिवः सुमनराज प्याकुरेल

प्रदेश नं ३

इन्जार्जः अष्टलक्ष्मी शाक्य
सहइन्चार्जः नारायण दाहल
अध्यक्षः हितमान शाक्य
सचिवः आनन्द पोखरेल

गण्डकीः प्रदेश
इन्चार्जः पृथ्वीसुब्बा गुरुङ
सहइन्चार्जः खगराज अधिकारी
अध्यक्षः हितराज पाण्डे
सचिवः गोविन्द नेपाली

प्रदेश नं ५
इन्चार्जः शंकर पोखरेल
सहइन्चार्जः दलबहादुर रानामगर
अध्यक्षः ओनसरी घर्तीमगर
सचिवः जगतप्रसाद शर्मा

कर्णालीः प्रदेश

इन्चार्ज जनार्दन शर्मा
सहइन्चार्जः यमलाल कँडेल
अध्यक्षः गोरख बोगटी
सचिवः मायाप्रसाद शर्मा

प्रदेश नं ७
इन्चार्ज भीम रावल
इन्चार्ज लक्ष्मीदत्त जोशी
अध्यक्षः कर्ण थापा
सचिवः सिंहराज चौधरी ९नेपबहादुर०

एमाले र माओवादी पार्टीबीच एकता भए पनि ७ मध्ये कर्णाली प्रदेशबाहेक अन्य ६ वटा प्रदेशको इन्चार्ज पूर्व एमालेले राखेको छ । कर्णाली प्रदेशमा पूर्व माओवादीका नेता जनार्दन शर्मा इन्चार्ज भएका छन् ।
७ वटा प्रदेशमा अध्यक्षमा भने पूर्व माओवादीलाई २ नं प्रदेश, ३ नं प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेश भाग परेको छ । पूर्व एमालेलाई १ नं प्रदेश कर्णाली र ७ नं प्रदेशमा अध्यक्ष दिएको छ ।

जनतापाटीबाट साभार