Swornakshar Logo

राजनीति गृहपृष्ठ प्रतिनिधिसभाका १० वटै समितिका सभापतिहरुको पद बहाली

५ असोज ।
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका सभापतिहरुले शुक्रबार पद बहाली गरेका छन ।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा शुक्रबारै आयोजित विशेष समारोहमा सभामुख कृष्णबहादुर महरासमक्ष नवनिर्वाचित सभापतिले शपथ लिएका हुन ।

शपथ लिनेमा अर्थ समितिका नवनिर्वाचित सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका विमलप्रसाद श्रीवास्तव र कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल छन ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका नवनिर्वाचित सभापति पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिका निरुदेवी पाल, राज्य व्यवस्था तथा सुशासन समितिका शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिका कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिका जयपुरी घर्ती र सार्वजनिक लेखा समितिका सभापतिमा भरतकुमार शाहले पनि शपथ लिए ।

सभामुख महराले १० विषयगत समितिमध्ये ६ वटामा महिलाले नेतृत्व गर्नु आफैँमा गौरवको विषय भएको बताए ।
समितिका सभापतिहरु शुक्रबारै निर्वाचित भएका हुन् ।