ताजा अपडेट
समाचार

सुनसरीमा गोली हानी विद्यालय व्यवस्थापन समिति अध्यक्षको हत्या, भाग्ने क्रममा प्रहरीलाई पनि गोली प्रहार

सुनसरीमा गोली हानी विद्यालय व्यवस्थापन समिति अध्यक्षको हत्या, भाग्ने क्रममा प्रहरीलाई पनि गोली प्रहार

४ असोज ।

काठमाडौं । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको छ ।

मोटरसाइकलमा आएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार हतियारधारी समूहको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन् ।

नेपाल(भारत सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ गोली हानेर उनीहरू भागेको उप्रेतीले बताए ।

‘प्रहरीलार्इ घुस्की सीमा क्षेत्रमा गोली प्रहार भएको हो’, उनले भने ।

घाइते एक प्रहरीलार्इ उपचारका लागि बिराटनगर ल्याइएको जनाइएको छ ।

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । उनीहरु चारै जना फरार छन् ।

हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुर्इ एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…