Swornakshar Logo

नेपाल र चीनको सम्बन्ध नङ र मासुको जस्तैः उपराष्टपति पुन

४ असोज ।

काठमाडौं । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा ९ औं पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई सम्बोधन गरेका छन् ।बिहीबार विहान उक्त मेलाको उद्घाटन समारोहलाई उपराष्टपति पुनले सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा उपराष्ट्रपति पुनले नेपाल र चीनको सम्बन्ध नङ र मासुको जस्तै भएको भन्दै इतिहास, परम्परा मूल्यमान्यताहरु तथा भूगोलले एक अर्काबाट छुट्टिनै नसक्ने गरी जोडेको बताए ।यस्तै उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताउँदै नेपाल आफ्नो भूमिलाई चीनबिरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको स्पष्ट पारे ।

मेला उद्घाटन समारोहलाई चीनका उपप्रधानमन्त्री हु छिन्हृवा, चिनियाँ कम्यूनिस्ट पार्टी ९सीपीसी०का सिचुवान प्रान्त सेक्रेटरी पेङ्ग छिङहुवा र इटालीका उपप्रधानमन्त्रीले पनि सम्बोधन गरेका छन् ।उपराष्ट्रपति पुनले बिहीबार नै बेल्ट एण्ड रोड सम्बन्धी व्यवसायीहरुको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ