Swornakshar Logo

मुलुकी अपराधसंहिता बनाउदा म निर्वाचनमाःप्रधानमन्त्री

४ असोज ।
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलुकी अपराधसंहिता लगायतका कानुन बनाउने समयमा आफुले उपयुक्त समय दिन नसकेको स्वीकार गरेका छन्। उनले अपराधसंहितालगायत ६ वटा कानुनका विषयमा अहिले पनि पूर्ण जानकारी नभएको बताए ।

उनले भने‘चुनावअघि आएका ऐनहरूमा ध्यान पुगाउन सकिएन किन कि त्यो समयमा निर्वाचनमा ध्यान केन्द्रीयत गर्नु पर्ने थियो ।
मुलुकी अपराधसंहिता लगायतका ऐनहरू गत वर्ष नै आएका हुन् ।

नेपाल निर्माणव्यवसायी महासंघको ११ औँ अधिवेशनको उदघाटन गदै बिहीबार प्रधानमन्त्री ओलीले भने स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुन बाँकी थियो, प्रदेश र केन्द्रको निर्वाचन बाँकी थियो मेरो ध्यान त्यता गयो, केही कमजोरी हुन सक्छन्। अहिले मुलुकी अपराधसंहिता लगायतका कानुका विषयमन विभिन्न तहका पेसाकर्मीले असन्तुष्टि जनाइरहेको बेला आफ्नोजस्तै तत्कालीन सरकारले पनि ध्यान नदिएको ओलीको भनाइ थियो। उहाँहरूलाई पनि चुनाव लागेको थियो, केही गर्नु थियो ।

प्रधानमन्त्री ओलीले भने, कसैले गलत मानसिकताबाट कानुन लिएको हैन। उनले कानुनसँग नडराउनका लागिसमेत आग्रह गरेका छन्। उनले कानुन कसैको पासोको लागि नभएर संरक्षणको लागि भएको बताए। उनले अहिलेको कानुनको दस्ताबेज नभएको बताउँदै समयानुकूल संशोधन गर्ने प्रतिबद्धता जनाए।