Swornakshar Logo

घनश्याम र योगेश रोक्न संसदीय समितिका सभापति महिला बनाउने

२ असोज ।

काठमाडौं । सत्तारुढ नेकपाले पार्टी र सरकार प्रति आलोचनात्मक चेत राख्ने नेताहरुलाई संसदीय समितिको सभापतिमा रोक्नको लागि नयाँ फर्मुला ल्याएको छ । नेकपाको नेतृत्वले संसदीय समितिका सभापतिमा महिलाहरुको नाम सिफारिस गरेको नेकपाका एक केन्द्रीय सदस्यले बताए । उनले भने ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले घनश्याम भुसाल र योगेश भटराईलाई संसदीय समितिका सभापति हुन रोक्न अरु केहि अस्त्र नपाएपछि महिलाहरुलाई अगाडि सारेको हो ।’

नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले भने‘संसदीय समितिका सभापतिको टुङगो असोज ५ गते सम्म लाग्छ होला । अधिकासं महिला सभापति हुने सम्भावना बढी छ ।’जबकी संसदीय समितिका सभापति हुनेमा चाहना राखेका नेकपाका स्थायी समिति, पोलीटव्युरो र पूर्वमन्त्रीहरुपनि थिए । तर ओलीले आफु अनुकुल पात्रहरुलाई समितिका सभापति बनाउन चाहेको कुरा केन्द्रीय सदस्य नै बताउँछन् ।

प्रदेश र जिल्ला नेतृत्वमा कार्यदल अझ ओली निकटहरुले आफु अनुकुलका व्यक्ति सिफारिस गरेको भनेर अहिले सम्म एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन् । थप संसदीय समितिका सभापति पनि ओलीले आफु अनुकुल पात्रहरु सिफारिस गरेको भन्दै नेकपामा असंन्तुष्टि बढेको छ । अर्का एक केन्द्रीय सदस्यले भने ‘ओलीले यस्तै गरेमा ओलीको जीवनकाललाई पनि यो नेकपा पुग्दैन कि रु यदि अलिकति पनि कम्युनिस्ट आचरण हुन्थ्यो भने किन यति सम्म गुटको राजनीति गर्थे । यो ओलीको नेकपा बनाउने होइन, आफ्ना आलोचक सक्ने अभियानमात्र हुुदैछ ।’

मन्त्री बनेका र पहिला नै सभापति भएकालाई सभापति नदिने मापदण्ड बनेको एक केन्द्रीय सदस्यले बताए । नेकपाले ९ वटा समिति आफैसंग राख्ने भएको छ । अन्य दुई विषयगत र दुइ विशेष समिति भने संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई दिने भएको छ । लेखा समितिको सभापति भने प्रतिपक्षलाई दिनु पर्ने व्यवस्था भएकाले कांग्रेसले पाउने छ ।

यी हुन नाम चर्चामा आएका महिला

१ शशी श्रेष्ठ
२ जयपुरी घर्ती
३ पवित्रा खरेल
४ कल्याणी खड्का
५ पूर्णकुमारी सुवेदी
६ निरुदेवी पाल

संसदीय सुनुवाई समितिको सभापति राजपालाई दिने भएको छ । यसको सभापति स‌‌म्भवत लक्ष्मणलाल कर्ण हुने छन् । उनले अहिलेसम्म जेष्ठताको आधारमा सभापतिको भूमिका निभाई रहेका छन् । जबकी संसदीय सुनुवाई समितिको सभापतिमा यो भन्दा पहिला नेकपाका योगेश भटराईको चर्चा थियो । उनले प्रधानन्यायधीस दीपकराज जोशीको संसदीय सुनुवाईमा प्रमुख भूमिका निभाएका थिए ।

उता अर्का वैचारिक नेताको रुपमा चर्चामा रहेका घनश्याम भुसाललाई अर्थ समितिको सभापति दिने चर्चा चलेको थियो । तर अन्तिममा आएर पार्टी नेतृत्वले अर्थमा मकवानपुरबाट निर्वाचित सांसद कृष्ण्प्रसाद दाहाललाई दिन प्रस्ताव गरेको बुझिएको छ । अर्को कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा केहि सयम पहिला शेरबहादुर तामाङले कानून मन्त्रीबाट राजीनामा दिएपछि मन्त्रीका दाबेदार रहेका कृष्णभक्त पोखरेलको सिफारिस भएको छ । दाहाल ओलीनिकट र पोखरेल माधवकुमार नेपाल निकट हुन । दुबै जना ३ नं प्रदेशका हुन । दाहाल मकवानपुरका हुन भने पोखरेल चितवनका हुन ।

स्रोत जनतापाटी