अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाई ४ गते
२ असोज ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस भएका नवीनकुमार घिमिरेको संसदीय सुनुवाईअसोज ४ गते बिहिबार हुने भएको छ ।
संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले घिमिरेलाई ४ गते बोलाउने निर्णय गरेको हो । संवैधानिक परिषद्ले हालै मात्र अख्तियारका आयुक्त घिमिरेलाई प्रमुख आयुक्त बनाउन सिफारिस गरेको थियो ।
परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्: