Bagmati Samachar Logo

निर्मला हत्या प्रकरण: एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठाइयो

काठमाडौं । निर्मला पन्त बलात्कार पछि हत्या घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले एसपी दुर्गासिंहलाई कञ्चनपुर पठाएको छ।
पीडित परिवार र स्थानीयसँग समवन्य गरी अनुनसन्धानलाई थप प्रभावकारी बनाउन भन्दै सिंहलाई कंचनपुर पठाइएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार मंगलबार बिहान एसपी सिंह कञ्चनपुर गएकि छन्।

१३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको २ महिना बित्न लाग्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन। निर्मलाको न्यायका लागि एक हप्ता पहिला उनका बुवाआमासहित कञ्चनपुरबाट महिला अधिकारकर्मी काठमाडौं आएका थिए ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनीहरु सोमबार घर फर्कि सकेका छन् ।