Swornakshar Logo

हेटौँडाको सडक २५ मिटर फराकिलो पार्न प्रधानमन्त्री कार्यालयको निर्देशन

१४ असोज । हेटौँडाको सडक २५ मिटर विस्तार गर्ने कुरा निकै चर्चामा आउने गरेको छ । पुनः त्यहि सडक विस्तारको कुराले चर्चा पाउन थालेको छ । अहिले चर्चाको कारण हो प्रधानमन्त्री कार्यलयको चासो हुनु । प्रदेश नंबर ३ को राजधानीको रुपमा रहेको हेटौँडा उपमहानगरपालिका क्षेत्रमा २५ मिटर सडक फराकिलो पार्नको लागि प्रधानमन्त्री कार्यालयले चासो दिएपछि सडक डिभिजन कार्यालयले गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयले भौतिक योजना तथा यातायात मन्त्रालयलाई २५ मिटर सडक विस्तारको काम अघि बढाउन निर्देशन दिएपछि सडक डिभिजन कार्यालय हेटौँडाले तयारी थालेको बुभिएको छ। २५ मिटर सडक विस्तारको लागि यो भन्दा पहिला हेटौंडा उपमहानगरपालिकाले पटक पटक पहल गर्दापनि स्थानिय व्यापारीहरुले अबरोध गदै आएका थिए । अन्तिममा यसको पहलको लागि हेटौँडा उपमहानगरपालिकाले प्रधानमन्त्रीको कार्यालयलाई पत्राचार गरेपछि प्रधानमन्त्री कार्यालयले यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सडक डिभिजन कार्यालय हेटौँडाले आवश्यक तयारी समेत सुरु गरिसकेको जनाएको छ । सडक फराकिलो नहुँदा हेटौँडा बजार ब्यवस्थापन गर्न समेत समस्या भएको थियो । उपमहानगरपालिकाले गत साउन ३ गते प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेको हो।

सडक फराकिलो नहुँदा हेटौँडा बजार ब्यवस्थापन गर्न समेत समस्या भएको थियो । उपमहानगरपालिकाले गत साउन ३ गते प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेको हो। स्थानिय ब्यापारी र उद्योगवाणिज्यसंगले गरेको आन्दोलनमा अश्रुग्यासपनि प्रहार भएको थियो ।

खबर ब्रेक डट कम बाट साभार