Bagmati Samachar Logo

उद्योगी महिलालाई सुलभ ऋणः मन्त्री थापा

१३ असोज ।
ललितपुर । महिला बालबालिका तथा समाज कल्याण मन्त्री थम माया थापाले महिलाले संञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने बताएकी छन्।
ललितपुरमा शनिबार आयोजित महिला उद्यमीहरूको एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाले संचालन गरेका उद्योगलाई प्रोत्साहन गर्ने र सुलभ व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारले लिएको बताइन्।
महिला उद्यमीको विकास र प्रवर्द्धनका लागि प्राविधिक तालिम, सुलभ व्याजको ऋणलगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने नीति लिएकाले महिला उद्यमशिलताको विकास गर्न सकिनेमा सरकार दृढ रहेको बताइन्।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अझै पनि अत्यन्तै न्यून संख्यामा मात्रै महिला उद्यमी रहेको भन्दै सीप विकासमा सरकारले लगानी गर्नुपर्ने बताए।
उद्योग वाणिज्य महासंघको महिला विभागले महिला उद्यमीहरूको एक दिने कार्यशाला गोष्ठी आयोजना गरेको हो। गोष्ठीमा सहभागी महिला उद्यमीले महिलाले संञ्चालन गरेका उद्योगको विकास र प्रवर्द्धनका लागि विस्तृत कार्ययोजना ल्याउन सरकारलाई सुझाव दिएका थिए।