माधव नेपालको चियापान भेला

१२ असोज ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा तेस्रो धारको सक्रिय अभ्यास सुरु भएको छ । जसको नेतृत्व नेकपाक वरिष्ठ नेता माधवकुमार नेपाल गदै छन् ।
अध्यक्षद्वय देशबाहिर हुँदा नेपलले नयाँ समुह बनाउन सक्रिय देखिएक छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्ड मुलुक बाहिर भएको समयमा नेपालले शक्तिको अभ्यास गरेका छन् ।
२०५० सालदेखि पार्टी महासचिव भएका नेपालले नेकपा एमालेको २०६५ सलामा बुटवल महाधिवेशनसम्म करिब १५ वर्ष पार्टी संचालन गरेका थिए । ‘चिया–भेला’को आयोजना गरेर शक्ति सङ्घर्षको शुरूआतको सन्देश दिएका छन् । नेपाल वरियताका हिसाबले बरिष्ठ नेता हुन। तर पनि दुबै अध्यक्ष विदेशमा हुदा पनि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छैन ।
शुक्रबार राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याडमा पार्टी स्थायी कमिटीका सदस्यहरूलाई देश र नेपाल कम्युनिस्ट पार्टी सङ्कटमा परेको’ भन्दै अब कसरी जाने भनेर सुझाब मागेका सहभागी एक नेताले बताए ।
उक्त भेला सकिएपछि पत्रकारसंग कुरा गदै स्थायसमिति सदस्य तथा सांसद योगेश भट्टराईले भने ‘स्थायी कमिटी सदस्यहरूले पार्टी स्थापित विधि, मान्यताअनुसार नचलेको गुनासो गरेको छ ।’
‘पार्टी एकतापछि विकसित भएका घटना क्रम, सरकारको काम कारवाही र पछिल्लो सचिवालयले गरेका निर्णय र यसबट उत्पन्न भएका असन्तुष्टि, सरकारबारेको टिका टिप्पणीबारे उहाँले स्थायी कमिटी सदस्यसँग सुझाव माग्नुभएको भट्राईले बताए ।’
पार्टी एकतापछिकार्यकर्तामा उत्तासाह हुनुपर्नेमा सेलाउँदै गएको, पार्टीका नेताहरूको योगदानको कदर नभएको, निर्णय प्रक्रियामा सबैको सहभागिता हुनुपर्ने लगायतका विषय सुझाव सहभागीहरुले दिएको भट्राईले बताए ।’
माधव नेपाल सिनियर नेता भएकाले सरकारको कामकारवाही प्रभावकारी बनाउन, पार्टीलाई एकतावद्ध बनाउन, नेताहरूकाबीचमा हार्दिकता कायम राख्न भूमिका खेल्न सुझाव दिएको उनको भनाइ थियो । त्यस्तै उनले सचिवालय निर्णय गर्ने थलो नभइ प्रस्ताव तयार पार्ने कमिटीमात्रै भएको धारणा स्थायी कमिटीका नेताले राखेको बताए ।
कम्युनिस्ट पार्टी नभएर कम्पनि भयो
नेपाल पछिल्लो समय पार्टीले गरेका निर्णय र सरकारका कामकारवाहि प्रति सन्तुष्ट छैनन् । यसको प्रतिक्रिया उनले संसदम नै राखेका छन् ।
उनी अफ्रिकी मुलुक घाना जानुपूर्व पार्टीले कुनै पनि निर्णय नगर्ने स्थायी कमिटी बैठक बसेर निर्णय लिने समझदारी आफु र अध्यक्षद्धयबीच भए पनि आफू विदेशमा भएका बेला सचिवालयको बैठकले प्रदेश इन्चार्ज, अध्यक्ष सचिव तोक्ने काम गरेपछि उनी रुष्ट बन्न बनेक छन्।
सचिवालयले आफैले निमार्ण गरेको मापदण्डलाई कुल्चिएर गण्डकी प्रदेशको इन्चार्जमा मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरूङ र प्रदेश पाँचको इन्चार्ज अर्का मुख्यमन्त्री शंकर पोखरेललाई बनाएपछि नेता नेपाल असन्तुष्ट बन्न पुगेका हुन् । उनको साथ अहिले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको स्रोतले बताए ।
त्यसबाहेक प्रतिनिधिसभाका विषयगत समितिका सभापति चयन गर्दा पनि पार्टीको कुनै पनि फोरममा छलफल नगरिएको, स्थायी कमिटीलाई छल्दै निर्णय गर्ने, २१ असारपछि स्थायी कमिटीको बैठक नै नराखिएको विषयको असन्तुष्टिस्वरूप आफ्नो अस्तित्व देखाउन नेता नेपालले ‘शक्तिको अभ्यास’ गरेको बताइएको छ ।
नेता नेपालले विधि, पद्दति कुल्चिएर ‘दुई अध्यक्षको कम्पनी’ जसरी पार्टी चलाउन खोजिएको भन्दै आफूले सचिवालयको बैठकमा कुरा राख्ने तयारी गरेका छन् । आजको भेला त्यसैको तयारीस्वरुप भएको उनले जानकारी गराएको स्रोतले बतायो ।
४५ सदस्सीय स्थायी कमिटीमा २० जना पूर्वमाओवादी केन्द्रबाट छन् । त्यसमध्ये प्रचण्डका हार्ड लाइनर भनिएका वर्षमान पुन अनन्त, अग्नी सापकोटाबाहेक कोही पनि भेलामा सहभागी भएनन् । जनार्दन शर्मा रुकुम छन् , शक्ति बस्नेतलगायतका नेताहरू पनि अनुपस्थित रहे ।
त्यस्तै गृहमन्त्री रामबहादुर थापापनि उपस्थित भएनन् ।
यता केपी ओलीका हार्डलाइनर मानिएका विष्णु पौडेल, कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल पनि बैठकमा उपस्थित भएनन् । संसदीय दलका उपनेता रहेका सुवास नेम्वाङ उपस्थित भएको केहीबेरमै बाहिरिए ।
जाँदाजाँदै उनले भने, “हिमाल–पहाड–तराई र सिंगो देश एकढिक्का हुनुपर्ने र पार्टी एकजुट बनाउन चिया–भेला आयोजना गरिएको हो ।”
माधव नेपालको ‘चिया–भेला’लाई चौथो वरियतामा रहेका झलनाथ खनाल आएनन् । काम विशेषले धुलिखेल छन ।
आफू चीन भएका बेला पार्टी एकता गरेको र वरियतामासमेत तल पारिएको भन्दै उनले एकतालगत्तै माधवकुमार नेपालप्रति असन्तुष्टि राखेका थिए ।
वामदेव गौतमले पनि भेलामा आएका थिए । प्रदेश इन्चार्ज र अध्यक्ष बाँडफाँटप्रति असन्तुष्ट रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बैठकमा उपस्थित थिए । यद्यपि शुक्रबारको भेला ‘चिया–जमघट’ भएको उनको प्रतिक्रिया थियो ।
यी नेता भए उपस्थित
चियापान कार्यक्रममा नेकपाका नेताहरू वामदेव गौतम,नारायणकाजी श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, भीम रावल, छविलाल विश्वकर्मा, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भीम आचार्य, देव गुरुङ, अग्नि सापकोटा, देवेन्द्र पौडेल, अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, गणेश शाह, रघुजी पन्त, गोकर्ण विष्ट, गिरीराजमणि पोखरेल, वर्षमान पुन लगायतका नेताहरू सहभागी थिए।
प्रतिक्रिया दिनुहोस्: