Bagmati Samachar Logo

बादलको दाबी–भदौमा टीओबीले लुटेका हतियार तिब्बतका गुम्बामा लुकाइएको छ

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बालेन शाह नेतृत्वको सरकारको छोटो शासनकालमा राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि गम्भीर सङ्कट निम्तिएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीतिमा खतरनाक विचलन देखापरेको बताए।

उनले भने, ‘हालै सरकारले टीओबी तथा पश्चिमी कूटनीतिज्ञहरूलाई दलाई लामाको जन्मोत्सव मनाउने बहानामा खुलेआम राजनीतिक चलखेल गर्न अनुमति दिएको छ। स्मरण रहोस्, गत भदौमा भएको सत्ता परिवर्तनमा स्वयं दलाई लामाले बधाई–शुभकामना दिएका थिए र भदौको विध्वंसमा टीओबीहरूले अग्रपङ्क्तिमा ताण्डव नृत्य प्रदर्शन गरेका थिए। उक्त घटनाप्रति चीन सरकारको गम्भीर चासो तथा चेतावनी व्यक्त भएको थियो।’

चीनको आपत्तिपछि नेपालमा हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन पनि हाल स्थगित गरिएको जिकिर गरे।

उनले थपे, ‘कतिपय शोधकर्ताहरूले तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सङ्ग्रह भइरहेको दाबी गरेका छन्। कतिपयले त भदौमा लुटिएका हतियारहरू त्यहाँ लुकाइएको समेत आशङ्का गरेका छन्। स्मरण रहोस्, निर्वासित तिब्बतीहरूलाई नेपालको मानवीय आधारमा शरण दिएको हो। उनीहरूलाई राजनीतिक शरणार्थीको रूपमा कहिल्यै मान्यता दिइएको छैन।’