Bagmati Samachar Logo

मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो मुद्दा सर्वोच्चमा भएको बताएका छन् ।

पार्टीका सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले प्रधान न्यायाधीश सिफारिसमा भएको टीकाटिप्पणीबारे मल्ले दिएको अभिव्यक्तिमा लामिछानेले आपत्ति जनाएका हुन् ।

कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसका दिन दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै उक्त कुरा बताएका हुन् ।

‘प्रधान न्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो’, लामिछानेले भने, ‘कसरी ६–६ जना सिफारिस गरियो ? ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुने थियो नि। संवैधानिक परिषद्को पनि आवश्यकता नै पर्ने थिएन ।’

उनले प्रधान न्यायाधीश सिफारिसमा परम्परा भत्काएको भन्दै परम्परा नभत्काएको भए आज पनि भागबन्डाको छलफल चलिरहेको हुन सक्ने बताए।

‘दुई तिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’ भन्दै सभापति लामिछानेले आफूमाथि रिस पोख्नेहरूलाई चुनौती पनि दिए।

‘मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ । चलाइदिनुस् हतियार’, लामिछानेले भने, आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भनेर गर्नुपर्छ । कागजमा बन्दी न्याय नहोस्’ ।

लामिछानेले न्यायालयका विषयमा अनेक टिप्पणी गरेर जगहसाई नगर्न पनि आग्रह गरे।

उनले सुकुमबासीका सवालमा पनि आफूले अहिले पनि छाती थापिरहेको भन्दै भूमिहीनले अधिकार नपाउँदासम्म छाती नहटाउने बताए।