कम्युनिस्टहरुलाई जिरोमा लैजाने षड्यन्त्र भइरहेको छ,एकता अहिलको आवश्यकता हो : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले पछिल्लो निर्वाचन र त्यसपछिका परिघटनाले कम्युनिस्ट पार्टीहरुबीच एकताको बाध्यता बढेको बताएका छन् ।
निर्मल लामा स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिस्ट एकतामा जान नसकिए दुर्भाग्यपूर्ण हुने बताए ।
प्रचण्डले विचार,राजनीति र संगठनमा कम्युनिस्ट एकता बाध्यात्मक बन्दै गएको बताउँदै अब विगतको कुरा गरेर काम नलाग्ने बताए । प्रचण्डले दक्षिण एसियाबाटै कम्युनिस्ट सकियो भन्ने हल्ला चलेकाले कम्युनिस्टहरुलाई जिरोमा लैजाने षडयन्त्रविरुद्ध हेक्का राखेर अघि बढ्न आग्रह समेत गरे ।
संयोजक प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई संकटमा पार्ने र राष्ट्रिय स्वाधीनता कमजोर पार्ने प्रयास भइरहेको दाबी समेत गरे । प्रचण्डले स्थानीय तहदेखि नै वामपन्थी र देशभक्तहरू एकताबद्ध हुनुपर्ने आवाज उठिरहेको बताए ।
उनले आफू जहाँ गए पनि नेता कार्यकर्ताले कम्युनिस्ट एकता र गणतन्त्र तथा लोकतन्त्र जोगाउन मोर्चा बनाउन आवश्यक रहेको समेत बताए । बालेन सरकारले श्रमजीवी वर्गमाथि, गरिब र निमुखामाथि आक्रमण गरेको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस्: