Bagmati Samachar Logo

राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी, अन्य पाँच अध्यादेश अध्ययन हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि सिफारिस गरेको थियो । जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेशमात्र जारी गरिएको छ ।

सरकारले संवैधानिक परिषद्, सहकारी ऐन संशोधन, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल ऐन संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश र सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

राष्ट्रपतिले आज संविधानविद्हरूसँग अध्यादेशबारे परामर्श गर्दै छन् ।
सहकारी ऐन संशोधन अध्यादेश जारी हुँदा अन्य ५ अध्यादेश प्रमाणीकरण हुन बाँकी रहेको छ ।

अन्य अध्यादेशहरू अध्ययन छलफलको क्रममा रहेको राष्ट्रपति कार्यालय प्रवक्ता सहसचिव रितेशकुमार शाक्यले जानकारी दिए ।राष्ट्रपति आज संविधानविदहरुसँग अध्यादेशबारे छलफल पनि गर्दैछन् । गिनेचुनेका संविधानविदहरु परामर्शका लागि शीतल निवास पुगिसकेका छन् ।