Bagmati Samachar Logo

अमेरिकाको भिसा प्रक्रिया नेपाल लगायत ७५ देशका नागरिकका लागि रद्द हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जान ७५ देशको भिसा प्रक्रिया रद्द गर्ने भएका छन् । अमेरिकी समाचार च्यानल फक्स न्युजका अनुसार रद्द हुने देशमा दक्षिण एसियाबाट नेपालसहित अफगानिस्तान, पाकिस्तान, भुटान र बंगलादेश छन् ।

त्यस्तै, रुस र इरान पनि सूचीमा अटाएका छन् । अरु देशहरूमा अल्बानिया, अल्जेरिया, एन्टिगुवा एण्ड बार्बुडा, आर्मेनिया, अजरबैजान, बहामास, बार्बाडोस, बेलारुस, बेलिज,बोस्निया, ब्राजिल, बर्मा ९म्यानमार०, कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, कोट डी’आइभोर, क्युबा, कंगोको लोकतान्त्रिक गणतन्त्र, डोमिनिका, इजिप्ट, इरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हैटी, इरान, इराक, जमैका, जोर्डन, कजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरोक्को, निकारागुवा, नाइजेरिया, कंगो गणतन्त्र,रुवान्डा, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स, सेनेगल, सिएरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्यान्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्वेकिस्तान र यमन छन् ।

यसअगाडि भिसा प्रक्रिया गर्दा १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्ने चलन पनि अमेरिकाले सार्वजनिक गरेको थियो ।