Bagmati Samachar Logo

एमालेको विधान महाधिवेशनमा विद्या भण्डारीको तर्फबाट कर्ण थापाले दर्ता गराए फरक मत

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पूर्वराष्ट्रपति विद्या भण्डारी समूहको तर्फबाट आज पार्टी मुख्यालय च्यासल पुगेर फरक मत दर्ता गराएको थापाले बताए।

थापाले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने लगायतको विषयमा फरक मत राख्दै आएका छन्।

उनीबाहेक उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि यसअघि नै आफ्नो फरक मत दर्ता गराइसकेका छन्। दर्ता भएका फरक मतबारे आज बस्ने सचिवालय बैठकमा छलफल हुने महासचिव शंकर पोखरेलले बताएका थिए। एमालेको विधान महाधिवेशन भोलिबाट सुरु हुँदै छ।

एमालेले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था पहिला नै हटाएकाले अब छलफल हुन आवश्यक नरहेको बताउदै आएको छ । तर ती जना उपाध्यक्ष ज्ञवाली,पाण्डे र इश्वर पोखरेल भण्डारीको पक्षमा उभिएका छन् । त्यस्तै थापा सुरुबाट नै भण्डारीलाई राजनीतिमा आउन बाट रोक्न नहुने मत राख्दै आएका थिए ।