रास्वपा नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं । काठमाडौँ जिल्ला अदालतले रास्वपा नेता अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ।
आज जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनलाई विद्युतीय कारोबार (साइबर क्राइम) सम्बन्धी मुद्दामा बयान र थुनछेक बहसपछि २० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो।
सरकारी वकिलले उनीविरुद्ध आजै बिहान मुद्दा दर्ता गरेको थियो।
मुद्दा दर्ता गरेकै दिन उनको बयान र बहस गराई अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।
प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा आज मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा आजै बयान र आजै थुनछेक बहस भएको थियो ।
उनीविरुद्ध एक महिलाले सामाजिक सञ्जालमार्फत अपशब्द बोलेर गालीगलौज गरेको आरोपसहित साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्: