Bagmati Samachar Logo

अछाममा छाउ बार्न त्रिपालमा सुतेककाे ठाँउमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते

काठमाडौं । अछाममा पहिरोमा पुरिएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ।

गएराति अछामको पञ्चदेवल विनायक नगरपालिका–८ को सेलापानीस्थित चुरखोलीमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो।

छाउ बार्न घरभन्दा टाढा त्रिपाल टाँगेर तीनजना सुतेकै ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक टेकबहादुर बोहोराले जानकारी दिए।

‘पहिरोमा पुरिएर ३५ वर्षीया निमा खनाल र सात वर्षीया बालिका कविता भण्डारीको मृत्यु भएको छ। बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते हुनुभएको जानकारी हामीले पाएका छौँ ।’ इन्सपेक्टर बोहोराले भने ।

बालिका कविता पनि आमा रत्नासँगै सुत्न गएको बेला परिरोमा परेकी उनले बताए।

रत्नाको टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।