Bagmati Samachar Logo

ऐन महरविरुद्ध परेको थियो जाहेरी, पक्राउ पुर्जीलगत्तै आफैँ पुगेका थिए प्रहरीमा

काठमाडौं । साइबर कसुर गरेको आरोपमा एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । पक्राउ परेका महरलाई प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ । ब्युरोले थप अनुसन्धानका लागि म्याद थप मागेको एक अधिकारीले बताएका छन् ।

महरविरुद्ध काठमाडौं उपत्यकाबाहिरबाट हुलाकमार्फत जाहेरी परेको ती अधिकारीलेलाई जानकारी दिए । उनका अनुसार, सामाजिक सञ्जालमार्फत महरले चरित्र हत्या गर्ने खालका पोस्ट र गतिविधि गरेको आरोप महिलाले लगाएकी छन् ।

महिलाको जाहेरीसँगै प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएपछि महर आफैँ ब्युरोमा उपस्थित भएका थिए । बुधबार उनलाई म्याद थपका लागि अदालतमा पेस गरिएको ती अधिकारीले बताए ।