Bagmati Samachar Logo

एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा अनेरास्ववियूका पूर्वअध्यक्ष ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी स्रोतले भने, ‘उनी विरुद्ध एक महिलाले दिएको निवेदनका आधारमा ब्युरोले पक्राउ अनुमति लिएको हो । कानुनी प्रक्रिया अनुसार अगाडि बढ्छौँ ।’

महर अनेरास्ववियुको पूर्वअध्यक्ष हुन् । अहीले एमालेको केन्द्रीय सदस्य छन् । स्थायी घर सुदूरपश्चिम प्रदेशको बझाङमा हो । उनी २०७९ सालको संघीय निर्वाचनमा संघीय सांसदका उमेदवारसमेत बनेका थिए । तर, उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भएका थिए ।

एक महीलासँगको अडियो सार्वजनिक भएपछि एमालेले उनलाई निलम्बन गरेको थियो । तर बझाङमा प्रदेश सभा क मा उपनिर्वाचन हुने भएपछि उनको निलम्बन फुकुवा गरिएको थियो ।
पछिल्लो समय महर विवादित बनेका छन् ।