ईश्वरी न्यौपानेले संसदीय सुनुवाई समितिको सभापति पदबाट राजीनामा दिइन्
काठमाडौं । प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाई समितिको सभापति राजीनामा दिएकी छन् ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ अनुसार गठित समितिको सभापति पदबाट न्यौपानेले आजैदेखि लागू हुने गरी राजीनामा दिएकी हुन् ।
सभामुखसमक्ष पेश गरिएको राजीनामापत्रमा उनले तत्काल लागू हुने गरी पदबाट अलग हुने निर्णय गरेको उल्लेख छ । प्रतिनिधिसभा सदस्यसमेत रहेकी न्यौपानेले आफ्नो राजीनामाको जानकारी राष्ट्रियसभाका अध्यक्षलाई पनि गराइएको उल्लेख गरेकी छन् ।
नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि सिफारिस गरेपछि उनले सो पदबाट राजीनामा दिएकी हुन् । कुलिङ अफ पिरियडमा रामहरी खतिवडा विवादमा परेपछि राजिनामा दिएका थिए । राज्य व्यवस्थापन समितिको निर्वाचन भोलि हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्: