Bagmati Samachar Logo

अदालत पुगेको कुनै पनि व्यक्तिले घुसबिना न्याय पाउने अवस्था छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले न्यायको खोजीमा अदालतमा पुगेको कुनै पनि व्यक्तिले घुसबिना न्याय पाउने अवस्था नरहेको टिप्पणी गरेका छन्।

‘न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुस बिना न्याय पाउने अवस्था छैन,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्।

अदालत राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने औजारको रूपमा प्रयोग भइरहेको पनि दाबी गरेका छन्।
‘न्यायाधीशहरूले आफ्ना पदीय वा निजी स्वार्थका निम्ति सरकारको राजनीतिक नेतृत्वसँग इच्छाअनुसार मुद्दा फैसला गरिदिने प्रवृत्ति देखिनु चरम लज्जाको विषय हो,’ श्रेष्ठले भनेका छन्।

यस्तो अवस्थाले निर्दोषहरू जेलमा कोचिनुपर्ने, सम्पत्ति गुमाउनु पर्ने र न्याय वञ्चित हुने अवस्था सिर्जना गरेको उनको भनाइ छ।