भारतको प्रतिक्रिया– लिपुलेखमा नेपालको दाबी ऐतिहासिक तथ्यमा आधारित छैन
काठमाडौं । भारतले लिपुलेक पासमाथि नेपालको दाबी औचित्यपूर्ण नरहेको बताएको छ । लिपुलेक नाकाबाट भारत र चीनबीच पुनः सुरु गरिएको सीमा व्यापारबारे नेपालले भारत चीनले सुरु गर्ने भनिएको व्यापारी नाका नेपालको भएको दाबी गरेको । नेपालको दाबी प्रति भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको दाबीको औचित्यपूर्ण नरहेको बताएका छन् ।
उनले भने, ‘भारत र चीनबीच लिपुलेक नाकाबाट हुने सीमा व्यापार १९५४ मा सुरु भएको हो र दशकौंदेखि निरन्तर चलिरहेको छ। कोभिड महामारी र अन्य कारणले केही समय रोकिएको यो व्यापार दुवै पक्षको सहमतिमा पुनः सुरु गरिएको हो ।’
नेपालले हालै यो व्यापार पुनः सुरु गरिएको विषयमा चासो व्यक्त गर्दै आफ्नो धारणा सार्वजनिक गरेको थियो । तर, भारतले यस्ता दाबीहरूलाई अस्वीकार गर्दै यसलाई ऐतिहासिक प्रमाण र यथार्थमा आधारित नभएको बताएको छ ।
प्रवक्ता जैसवालले थपे, ‘भू–भागसम्बन्धी कुनै पनि एकपक्षीय, कृत्रिम दाबी स्वीकार्य हुँदैन । यस्ता दाबीहरू न त न्यायसंगत छन्, न त ऐतिहासिक तथ्यहरूमै आधारित छन् ।’
भारतले नेपालसँग बाँकी रहेका सीमासम्बन्धी मुद्दाहरू समाधान गर्न संवाद र कूटनीतिमार्फत् सकारात्मक रुपमा काम गर्न तयार रहेको पनि प्रवक्ताले बताएका छन् ।
चीन र भारतले लिपुलेकबाट सीमा व्यापार सुरु गर्ने सहमति गरेपछि नेपालले आपत्ति जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: