प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
काठमाडौं । प्रतिनिधिसभामा आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री अवस्थ भएकाले संसदमा हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको जानकारी गराएका छन्।
‘स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रमका लागि संसद् बैठकमा प्रधानमन्त्री आउन नसक्ने’ जानकारी बर्तौलाले गराएका हुन् ।
यो सँगै अज तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित हुन पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्: