Bagmati Samachar Logo

नख्खु कारागारको रवि लामिछाने बस्ने ब्लकमा ४०० कैदीबन्दी छन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थल हसँदै ललितपुर स्थित नख्खु कारागार पुगाएको छन् ।

भैरहवा कारागारबाट अड्डासार गरेर केहीबेर अघि ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखेको छन् ।
कारागार स्रोतका अनुसार, रविलाई राखिएको ब्लकमा करिब ४ सय कैदीबन्दी राखिएको छ । रविलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी कारागारको आन्तरिक प्रशासनले गरेको छ ।

आन्तरिक प्रशासन कारागारको कैदीबन्दीले नै चलाउने गर्छन् । नख्खु कारागारका एक अधिकारीले भने, ‘अरु कैदीबन्दीलाई झैं उहाँले पनि सुविधा पाउनुहुन्छ । संरचनाका हिसाबले पनि भैरहवा भन्दा यहाँ सहज र सुरक्षित छ ।’

लामिछानेले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए ।

कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णय अनुसार लामिछानेलाई आज रुपन्देहीबाट काठमाडौं ल्याएको हो । एयरपोर्टमा गेट अगाडि धेरै भिड भएपछि उनलाई नेपाल आयल निगमको गेटबाट निकालेर नख्खु लगिएको हो ।

बुद्ध एयरको विमानबाट उनलाई काठमाडौं ल्याइएका थिए ।

उनको स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, नेता तथा समर्थकहरू पुगेका छन् । उनीहरूले लामिछानेको पक्षमा प्रतिशोध भएको भन्दै नाराबाजी गरिरहेका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।

उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।

उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए ।

अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनलाई कारागार व्यवस्थापन विभागको निर्णय अनुसार आज नख्खु ल्याउन लागिएको हो ।