कुवेतमा निधन हुने नेपालीको संख्या ९ पुग्यो, १५ भन्दा बढी अस्पताल भर्ना
काठमाडौं । कुवेतमा ९ जना नेपालीको मृत्यु भएको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका छ। रोजगारीका लागि
श्रम सहचारी गिरीप्रसाद आचार्यकाअनुसार पछिल्लो ३ दिनमा ९ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको हो।
उनले भने, ‘पछिल्लो ३ दिनमा ९ जनाको निधन भएको रिपोर्ट आएको छ। १५ जनाभन्दा धेरै अहिले पनि उपचाररत हुनुहुन्छ । उनीहरूको मृत्युको कारणबारे मेडिकल रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ। आज पनि हामी अवस्था बुझ्ने कोशिसमै छौँ।’
कुवेतमा मदिरा सेवन प्रतिवन्ध छ। तर पनि नेपालीसहित रोजगारीका लागि पुगेकाहरूले मदिरा सेवन गरेको घटना बेलाबखत बाहिरिने गरेको छ।
प्रतिक्रिया दिनुहोस्: