रवि लामिछाने भेट्न कारागार पुग्यो मानव अधिकार आयोगको टोली
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रुपन्देही कारागार पुगेको छ ।
लामिछाने सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रुपन्देही कारागारमा छन् । सभापति लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा खबरहरू आएपछि आयोगको टोली रुपन्देही कारागार पुगेको हो ।
आयोगका लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रीमा विसीसहितको टोली कारागारको अनुगमनमा पुगेको हो ।
टोली कारागारको ब्लक नम्बर ‘४’ मा रहेका सभापति लामिछानेसँग छलफल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: