विपिन जोशीको रिहाइको मागका लागि माआ र बहिनी इजरायल प्रस्थान
काठमाडौं । कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइको मागका लागि विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल उडेका छन् । आज बिहान ९ बजे फ्लाई दुबईबाट इजरायल गएका हुन् ।उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तहरुले विदाई गरेका छन् । जोशीलाई हमासले बन्धक बनाएको छ ।
विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले उनकी आमा र बहिनी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्।
विमानस्थल प्रवेश गर्दा आमा र छोरी दुवैको आँसु थामिन सकेन।
इजरायल सरकारले विपिनको रिहाइका लागि अभियानलाई सशक्त बनाउने उद्देश्यका साथ उनीहरूलाई त्यहाँ लैजान लागेको हो। विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए।
जसअनुसार विपिन विपिन वि.सं. २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्। हमासद्वारा कब्जा गरिएका कैयन् बन्दी रिहा भइसक्दा उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्: