कारागार झडपमा घाइतेहरु भेट्न अस्पताल पुग्यो मानवअधिकार टोली
काठमाडौं। कैलाली कारागारमा भएको झडपका घाइतेहरुको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली अस्पताल पुगेको छ ।
घाइतेको परिवारले भेट्न नपाएको, उपचारबारे जानकारी नभएको गुनासो आएपछि आयोग अस्पताल पुगेको हो ।
सुदूरपश्चिम कार्यालय प्रमुख प्रकाशदत्त भट्टले घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएका छन् । कारागारमा भएको झडपमा १ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते छन् । उपचारत घाइतेका आफन्तलाई र पत्रकारलाई घाइतेहरुसँग भेट्न दिएको छैन ।
प्रतिक्रिया दिनुहोस्: