पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटना
काठमाडौं । लोक गायक पशुपति शर्मा स्याङजामा कार दुर्घटनामा परेका छन्। बुधबार दिउँसो उनी सवार कार स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटना भएको हो।
पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। गायक शर्मा सांगीतिक कार्यक्रमको शिलशिलामा स्याङ्जा जादै थिए ।
दुर्घटनामा गायक शर्माको देब्रे हातको एउटा औला भाँचिएको बताईको छ । उनी अगाडिको सिटमा हुदा हातको औला भाँचिएको हो । ठूलो चोट भने कसैलाई नलागेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कारमा पशुपति शर्मासहित चार जना सवार थिए। दुर्घटनामा कारमा सामान्य क्षति भएको छ।
प्रतिक्रिया दिनुहोस्: