Bagmati Samachar Logo

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो ।

बोर्डको वेबसाइट result.neb.gov.np  र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ हेर्न सकिने बोर्डले जनाएको छ ।

यो वर्ष १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार छन् ।