सिन्धुलीबाट हराएका हायु परिवार कास्कीको गगनगौँडामा भेटिए
काठमाडौं । सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ बागेश्वरका हायु परिवार कास्कीको पोखरा घुम्न गएको अवस्थामा भेटीएका छन् । उनीहरु सिन्धुलीबाट पोखरा महानगरपालिका स्थित गगन गौँडामा भेटीएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले उनीहरु गगन गौँडामा रहेको जानकारी आएको बताए।
शनिबार राति पोखराकै होटन जननीमा बसेका उनीहरु आइतबार बिहानै होटलबाट हिँडेका थिए।
त्यसपछि खोजी गर्ने क्रममा अहिले गगन गौँडामा रहेको जानकारी आएको एसपी ओलियाले जानकारी दिए।
अहिले प्रहरी टोली त्यहाँ पुगेर ल्याउने तयारी गरिरहेको छ।
कास्की प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीसँग समन्वय गरी उनीहरूको नाम रुजु गर्ने काम गरिएको छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट हायू परिवार गत शुक्रबारदेखि बेपत्ता भएको थियो । गाउँपालिकाले १६ जना बेपत्ता भएको जानकारी दिएको थियो । तर प्रहरीको अनुसन्धानका क्रममा सुजाता हायू भने श्रीमान्सँग काठमाडौँमा बस्ने गरेको खुलेको थियो ।
यी हुन् हायू परिवारका १५ जना
१. उर्मिला हायु, ५२ वर्ष (आमा)
२. कमला हायु, २७ वर्ष (जेठी छोरी)
३. कोमल माया हायु, २३ वर्ष (माइली बुहारी)
४. उषा हायु, १९ वर्ष (छोरी)
५. अस्मिता हायु, १८ वर्ष (छोरी)
६. राजु हायु, २९ वर्ष (जेठो छोरो)
७. हिमाल हायु, २४ वर्ष (माइलो छोरो)
८. लाल बहादुर हायु, १६ वर्ष (साँइलो छोरो)
९. वेग बहादुर हायु, १४ वर्ष (छोरो)
१०. लक्ष्मण हायु, ११ वर्ष (छोरा)
११. सुवर्ण हायु, १२ वर्ष (छोरा)
१२. ओम कुमारी हायु, १० वर्ष (छोरी)
१३. अर्जुन हायु
१४. रियासा हायु
१५. शान्ता हायु, १५ वर्ष (छोरी)
प्रतिक्रिया दिनुहोस्: