काठमाडौंको बौद्धमा आगलागी, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार अपराह्न ४ बजेतिर काठमाडौं महानगरपालिका–६ बौद्धस्थित साढे तीन तले घरको भुइँ तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
मृतक ६५ वर्षीया उर्मिला तामाङ छिन्। उनी काभ्रे चौरीदेउराली३ की हुन्।
उनी बस्ने कोठामा आगलागी भएको खबरपछि प्रहरी र स्थानीय खटिएका थिए। सवा ४ बजेतिर उक्त कोठामा लागेको आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट उर्मिलाको मृत्यु भएको हो। उनी अपांगता भएकी महिला हुन्। प्रहरी वृत्त बौद्धले घटनाको अनुसन्धान तथा मुचुल्का गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्: