रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै
काठमाडौँ । रसुवामा आएको बाढीमा ज्यान गुमाएकाहरुको शव र मानव अंग काठमाडौँ ल्याउन लागिएको छ । गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीको कारण ज्यान गुमाएकाहरूको शव र मानव अङ्ग शव पोस्टमार्टमका लागि काठमाडौं ल्याउने तयारी भएको छ ।
शव पोस्टमार्टमका गर्न त्रिवि शिक्षण अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। शव र मानव अङ्गहरू फरक फरक ठाउँमा भेटिएका छन्, सबैलाई त्रिवि शिक्षण अस्पताल ल्याउने तयारी भइरहेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल–चीन सीमाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीले बगाएर ९ जनाको मृत्यु भएको छ । तीमध्ये एकजनाको मात्रै सनाखत भएको छ ।
उद्धारमा खटिएका प्रहरीका असई लाल बहादुर श्रेष्ठको मात्रै सनाखत भएको छ । उनको शव चितवनको भरतपुर नगरपालिका–२९ स्थित १५ किलोमा भेटिएको थियो । अन्यको सनाखत हुन नसकेको र केहीको हात र खुट्टाको भागमात्रै भेटिएको डीआईजी पौडेलले बताए ।
बाढीका कारण अझै १९ जना सम्पर्क विहीन छन् ।
प्रतिक्रिया दिनुहोस्: