थाइ एयर एसियाले सुरू गर्यो बैंकक भैरहवा–उडान
काठामाडौं । थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान आज आइतबारबाट सुरु गरेको छ।
थाइले बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानसस्थलमा उडान गरेको हो। यससँगै अब थाइले भैरहवाबाट साताको २ दिन सोमबार र विहीबार उडान गर्नेछ।
अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।
उनका अनुसार आज बिहान ७ बजे विमानस्थलमा जहाज अवतरण गरेको थियो। लगत्तै बिहान ७.४० बजे बैंकक प्रस्थान गरीसकेको उनले बताए।
विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए। भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ छ।
प्रतिक्रिया दिनुहोस्: