सुदूरपश्चिमको बजेट : २९ अर्ब २६ करोड ५९ लाख (पूर्णपाठ)
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८० । ०८१ का लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ ।
शुक्रबार प्रदेशसभा बैठकमा बजेट पेस गर्दै आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्ष २०८०।०८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन् ।
त्यस्तै चालु ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात् ३२ दशमलव ७९ प्रतिशत विनियोजित गरिएको घोषणा गरे । त्यस्तै अन्तरसरकारी वित्त हस्तान्तरण अन्तर्गत रु. २ अर्ब ३४ करोड ७५ लाख ७० हजार अर्थात् ८.०२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३० करोड अर्थात् १.०३ प्रतिशत हुने गरी विनियोजन भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८०।०८१ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रु. १ अर्ब ५० करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रु. ९ अर्ब ४१ करोड १७ लाख, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने रु। ६ करोड ५६ लाख ८ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. ८ अर्व ५२ करोड ३ लाख रहेको छ ।
चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम रु. ३ अर्व ८६ करोड ६७ लाख २४ हजार, ससर्त अनुदानबाट प्राप्त हुने रु. ४ अर्ब ५१ करोड १६ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु. ७७ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु. ६२ करोड प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री नरेश कुमार शाहीले घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: