Bagmati Samachar Logo

सहमति पुरा भएन गठबन्धन सकियो भन्दै बालवाटारबाट निस्केका थिए प्रचण्ड

काठमाडौं । सत्तागठबन्धनको आइतबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भएको सहमति कार्यन्वयन नभएपछि गठबन्धन सकियो भनेका थिए ।
गठबन्धनका तीन दलका शिर्ष नेताहरुबीच छलफल भएको थियो । तर कांग्रेसले आफ्नो पुरानो अडान नछोडेपछि बैठक बिनानिष्कर्ष टुङगीएको छ ।
आजको बैठकमा प्रचण्डले नै गठबन्धन सकिएको बताएका थिए ।

सत्तागठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारकारी निवास वालुवाटारमा बसेको थियो । बालुवाटार बैठकमा प्रचण्डले पहिला भएको सहमति पुरा गर्नु प¥यो होइन भने गठबन्धन सकियो भनेका बैठकमा सहभागी एक नेताले बताए । प्रचण्डले सहमति अनुसार पहिला आफूले प्रधानमन्त्री पाउनु पर्ने अडान दोहराएपछि देउवाले आफूले प्रधानमन्त्री र राष्ट्रपति अरु दललाई दिन नसक्ने अडान दोहराएपछि प्रचण्ड उठेर हिडेका बताइएको छ ।
राष्ट्रपतिले दिएको समय सिमा आज साँझ पाँच बजे सकिदै छ । तर गठबन्धनमा सहमति नहुदा गठबन्धनको सरकार बन्ने सम्भावना पनि लगभग सकिएको छ ।

सत्तागठबन्धनमा सहमति हुन नसकेपछि अन्य विकल्पमा पनि छलफल हुने माओवादीका महासचिव देवप्रसाद गुरुङले बताए । उनले भने, ‘हाम्रो जोडबल अहिलेपनि पाँच दलिय गठबन्धनबाट सरकार बनाउने हो । जसो लागि अहिलेपनि प्रयास जारी छ । तर गठबन्धनमा सहमति भएन भने अर्को विकल्पमा पनि सरकार बनाउनु पर्छ । देशमा मध्यावधी हुन दिनु हुदैन । पाँच बर्षसम्म नै टिक्ने गरेर सरकार बनाउनु पर्छ । त्यसको लागि प्रयास जारी छ ।’
माओवादीले पहिला भएको भद्र सहमति अनुसार पहिलो पटक सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने अडान राखेको छ । बिहान खुमलटारमा माओवादीका केहि नेतासहित भएको छलफलमा प्रधानमन्त्री नपाए प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो ।
देउवाले प्रधानमन्त्री दिन नमानेपछि प्रचण्डले गठबन्धन सकियो भन्दै बाहिरीएका ती नेताले बताए ।