काठमाडौं जान ढिला हुन्छ भन्दै आधा बोलेर हेलिकप्टर चढेर फर्के ओली
काठमाडौं । एमाले अध्यक्ष केपी ओली चुनावी सभालाई सम्बोधन गर्न सिन्धुली पुगेका थिए । सभामा १५ मिनेट बोलेपछि ओली काठमाडौं जान ढिला हुन्छ भन्दै आधा बोलेर हेलिकप्टरमा चढेर फर्केका छन् ।
चुनावपछि एउटा बलियो शक्ति आवश्यक रहेको बताएका छन् । सिन्धुलीमा सोमबार आयोजित चुनावी सभामा उनले अहिले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको तर दृढ राष्ट्रिय शक्ति चाहिएको बताए । ओलीले त्यस्तो शक्ति एमाले रहेको दाबी गरे ।
बालबालिका, छात्रा, वृद्धवृद्धा सबैका लागि एमाले नै चाहिएको उनले दाबी गरे । ‘महिनवारी महिला तथा किशोरीलाई स्यानेटरी प्याड निःशुल्क दिने व्यवस्था हामीले घोषणापत्रमा उल्लेख गरेका छौं,’ उनले भने, ‘यस्तो व्यवस्था कसैले पनि हटाउन सक्दैन ।’ ओलीले मंसिर ४ पछि एमाले सरकार बन्ने दाबी पनि गरे ।
उनले सहिद ऋषिराज देवकोटाको विषयमा प्रकाश पारेका थिए । ऋषिराजका छोरा सुवास देवकोटा सिन्धुली १ (ख) बाट उम्मेदवार बनेका छन् । ओलीले सिन्धुली १ का एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप कटुवाल र सिन्धुली २ का मनोजजंग थापाका लागि भोट मागे ।
प्रतिक्रिया दिनुहोस्: