Bagmati Samachar Logo

कुमारी मोक्तानको जित सुनिश्चित स्स्थानीय

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की वामलोकतान्त्रिक गठबन्धनकी साझा प्रदेश सभा सदस्य उम्मेदवार एवं नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले आफ्नो जिते सुनिश्चित भएकाो बताइन् ।

आईतबार उत्तरी मकवानपुरको पाँच वटा चुनाबी कोण सभालाई सम्बोधन गरेकी छन् । कोण सभालाई सम्बोधन गर्दै उनले निर्वाचित भएपछि स्थानीय सबै समस्याको पहिचान गरी समाधान एवं विकास निर्माण गर्ने प्रतिबद्धता जनाइ ।

‘प्रदेश सांसद र केही समय मन्त्री भएपछि मेरो निर्वाचन क्षेत्रको विकासको लागि धेरै बजेट ल्याई विकास गर्ने काम गरेको छु,’ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहनु भएको उनले भनिन् ‘अझै यस क्षेत्रमा धेरै बजेट र विकासको आवश्यक छ, त्यसका लागि मलाई र गठबन्धनलाई अमुल्य भोट दिनुहोस् ।’

विगतको प्रतिनिधी सभा र प्रदेश सभा सदस्य तथा स्थानीय तह निर्वाचन २०७९ को नतिजा र चुनाबी कोण सभामा उत्साहजनक जनसहभागितालाई हेर्दा कुमारी मोक्तानको जित सुनिश्चित रहेको नेकपा माओवादी केन्द्र थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष जमिन दियालीले बताइन । ‘उहाँले यस क्षेत्रमा धेरै बजेट विनियोजन गरी सडक, खानेपानी, विद्यालय लगायतको विकासमा उल्लेख्य योगदान पु¥याउँनु भएको छ,’ उनले भने, ‘उहाँले आफ्नो निर्वाचन क्षेत्र र स्थानीयवासीको समस्या आफ्नो ठानेर निरन्तर काम गर्नुभएकोले थाहावासीले उनलाई नै जिताउँने बताईरहेका छन् ।’

थाहा नगरपालिकाको वडा नम्बर ४ को ठुलो माखु र रुप्से तथा वडा नम्बर ५ को पिङडाँडा, भट्टीडाँडा र खोलाखर्कमा चुनाबी सभा आयोजना गरिएको हो । वडा नम्बर ४ को कार्यक्रम नेपाली काँग्रेस थाहा ४ का वडा सभापती श्रीकृष्ण केशीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा क्षेत्र नम्बर २ निर्वाचन परिचालन संयोजक लवशेर विष्ट, मकवानपुर सदस्य अरुण रायमाझी, थाहा नगरपालिकाका मेयर विष्णु विष्ट ‘आदर्श’ लगायतले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई भोट दिई जिताएर थाहा नगरसँगै जिल्ला, प्रदेश र देशको विकासमा योगदान दिन सबैलाई आग्रह गरेका छन् ।