गठबन्धनले मात्र जनताको अधिकार सुरक्षित गर्न सक्छ : डिना उपाध्याय
हेटौँडा । मकवानपुर नेपाली कांग्रेसकी सह महामन्त्री तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उमेद्धवार महालक्ष्मी उपाध्याय डीनाले जनताको अधिकार सुरक्षित गर्न गठबन्धनलाई बिजयी गराउनु पर्ने बताईन ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ रुद्र स्मृति पार्कमा भएको चुनाबी आम सभालाई संबोधन गर्दै नेतृ डिनाले व्यवस्था बिरोधि कित्तामा एमाले उभिएको भन्दै जनताले लडेर ल्याएको व्यवस्था जोगाउन सबै लाग्नु पर्ने बताइन। मुलुकलाई अप्ठ्यारो परिस्थितिबाट बचाउने पार्टी काग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी बताइन । आफु सांसद बन्न मात्र चुनाव नलडेको भन्दै जनताको दुखमा साथ दिन र बिकास गरेर देखाउन सांसद बन्न आएको बताइन् । उनले ले एमाले अध्यक्ष ओलीले प्रतिगामिहरुसंग मिलेर व्यवस्था उल्टाउन सकिन्छ की भनेर कमल थापालाई सूर्य चिन्ह दिएर पठाएको भन्दै त्यो कुनै हालतमा संभब नहुने बताइन् ।

नेकपा माओवादी केन्द्र बागमति प्रदेश उपाध्यक्ष तथा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेस सभा क का उमेद्धवार प्रेम बहादुर पुलामी छिन्तुले संबिधानको रक्षा र बिकासका लागि गठबन्धनको जित आबश्यक रहेको बताए । चुनाबी आमसभालाई सम्बोधन गर्दै छिन्तुले संबिधान र बिकास बिरोधिहरुलाई जनताले राम्रोसंग चिनेको बताए। उनले भने , “एमाले एउटा यस्तो पार्टी हो जस्ले आफ्नो नेता र कार्यकर्तालाई बिचल्ली बनाउछ । जिल्ला ईन्चार्ज रामेश्वर राना जस्तो निष्ठावान नेतालाई अपहेलित गर्ने पार्टीले कसैलाई पनि न्याय गर्छ। एमाले कार्यकर्तालाई बिचल्ली भएको छ । आउनोस तपाईको संरक्षण गठबन्धनले गर्छ ।”
आफुले ५ बर्ष बागमति प्रदेश सभाको सांसद भईरहदा हरेक वडा वडामा बजेट नियोजन गरेर काम गरेको बताउनु भयो । आफुले स्वास्थ्य चौकीको भवन निर्माणदेखि, विद्यालय भवन , सडक, सिंचाइ, सामरिखोला तटबन्ध, पुल निर्माण लगायत बिकासमा आफुलाई जनताले अनुभुति हुने गरि काम गरेको बताए ।
अन्य पालिकाहरुमा जस्तै मकवानपुरगढी गाउँपालिका भित्र भएका कामहरु संझिदै उहाँले सामरी – मक्रान्चुली सडक, रानिशेरा जाने सडक, एक्लेखेत आपटार सडक, धरमपानी सडक, रुद्रस्मृति पार्क, भानुमाबि नमुना बिधालय, बंशगोपाल माबि भबन, भित्रिकालिखोला कृषि सडक,धवाडी सिंचाई, रुद्र स्मृति स्वास्थ्य ईकाई भबन निर्माणमा बजेट बिनियोजन गरेर काम गरेको बताउनु भयो । मकवानपुरगढी गाउँपालिकामा थुपै्र बिकास योजनाहरुमा बजेट छुट्याएर काम हुने चरणमा रहेको पनि उहाँले बताउनु भयो । मकवानपुर गढी ३ फुटसल देखि मरंगे सम्म , चिहानडाँडा देखि पौडेल टोल सम्म स्लाव ढलानको लागि बजेट छुट्याएर काम हुने चरणमा रहेको छ पनि बताए ।
मकवानपुरगढी गाउँपालिका कृषि र पर्यटनको प्रचुर संभावना रहेकोले कृषि र पर्यटनको प्रबर्धनबाट स्वारोजगारी सृजना गर्ने बताउनु भयो । मकवानपुरगढी गाउँपालिका देखि ठिंगनको लटरम्भेश्वरसम्म पर्यटकिय क्षेत्र बनाई आन्तरिक र बाह्य पर्यटक भित्राउने बताउनु भयो । सामरी देखि कान्तीलोकपथ जोड्ने सडक निर्माण गर्ने लक्ष्य रेहेको बताए ।
छिन्तुले अधुरा कामलाई परा गर्न र बिकासका नया योजनाहरुलाई अगाडी बढाउन आफु पुन उमेद्धवार बनेको बताउनु भयो । उहाँले अब गाउँपालिकाको मात्र नभएर प्रदेश र सिंह दरबरको समेत बजेट ल्याएर बिकासको काम गर्न आफुलाई गोलाकार भित्रको हसिया हतौडा र महालक्ष्मी उपाध्याय डिनालाई रुख चिन्हमा मतदानगरी बिजयी गराउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्: