डडेल्धुरामा एमालेका शाहिद्धारा उम्मेदवारी दर्ता, कांग्रेस बीपीसँगको गठबन्ध धरापमा
काठमाडौं । नेकपा एमालेका नेता चक्र स्नेहिले डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका छन् । एमालेले बीपी कांग्रेससँग चुनावी तालमेल गरेको थियो ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र समेत रहेको जिल्ला हो डडेल्धुरा ।
एमालेले एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा छुट्टै उम्मेदवारी नदिने बीपी कांग्रेसका उम्मेदवार कर्णबहादुर मल्ललाई सहयोग गर्ने निर्णय गरेको थियो ।
तर अन्तिम समयमा आएर एमालेका स्नेहिले उम्मेदवारी दर्ता गराएका छन् ।
बीपी कांग्रेसका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई समर्थन गर्ने सहमति गरेको भएपनि स्नेहिले प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका हुन । स्नेहि राष्ट्रिय सभाका सदस्य पनि थिए ।
एमालेले उम्मेदवारी दर्ता गराएको र कसैसंग पनि गठबन्धन गर्ने सहमति नभएको स्नेहिले शिलापत्रसंग बताए । उनले भने, ‘हामीले कसैसंग गठबन्धन गरेका छैनौ । त्यहि भएर एमालेले उम्मेदवारी दर्ता गराएको हो । ’
एमालेकै विक्रम शाहिले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले उम्मेदवारी दर्ता गरेपछि सामाजिक सञ्जालमा लेखेका छन्,‘डडेल्धुरामा अरुका लागि ठाउँ खाली छोड्न सकिँदैन, सधैँ अरुलाई बोकेर कति हिँड्ने ? यस्तो भयो भने एमालेको अस्तित्व सकिन्छ । जति मत आए पनि उम्मेदवारी दिनुपर्छ भनेर मनोनयन दर्ता गरेको छु ।’
एमालेको अरु उम्मेदवार आए फिर्ता लिने तर अरु दलका उम्मेदवारलाई समर्थन गरेर उम्मेदवारी फिर्ता नलिने बताएका छन् । शाहिले आफूले एमालेको उम्मेदवारी दर्ता होस भनेर स्वतन्त्र उम्मेदवारी दिएको बताए । उनले भने, ‘एमालेको उम्मेदवारी दर्ता होस भनेर स्वतन्त्र उम्मेदवारी दिएको हुँ । अब स्नेहिले एमालेबाट उम्मेदवारी दिएको छ । उहाँले फिर्ता नलिदा सम्म म पनि उम्मेदवारी फिर्ता लिन्न । उहाँको उम्मेदवारी कायम रहने निश्चित भएपछि फिर्ता लिने छु ।’
शाहि एमाले विभाजनका बेला नेकपा एकीकृत समाजवादीमा लागेर सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष बनेका थिए । केहि समयपछि उक्त पार्टीसंग असन्तुष्ट बनेर निष्क्रिय बसेका थिए । एक महिना पहिला शाही एमालेमै फर्किएका थिए । डडेल्धुरामा एमालेले प्रदेश सभामा गजेन्द्र शाही र पठान सिंह बोहरालाई टिकट दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: