एमालेको समर्थनमा राजेन्द्र लिङ्देनले झापा ३ बाट दर्ता गराए मनोनयन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ बाट उम्मेदारी दर्ता गराएका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गराएका छन् ।
लिङ्देनले चन्द्रगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
लिङ्देनको उम्मेदवारीको प्रस्तावकमा राप्रपाकै विद्यार्थी नेता माधव पोखरेल र समर्थकमा नेकपा एमालेका नेता लक्ष्मण पाठक रहेका छन् ।
नेकपा एमालेसँग गठबन्धन गरेको राप्रपाले जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि लिङ्देन र प्रदेशसभा सदस्यका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उनीसँगै प्रदेशसभा सदस्यका लागि क्षेत्र (क) बाट नेकपा एमालेका बसन्त बानियाँ र क्षेत्र (ख) बाट छविलाल चुँडालले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्: