Bagmati Samachar Logo

यी हुन् मकवानपुरका एमाले उम्मेदवार

हेटौँडा । नेकपा एमालेले मकवानपुरमा सघंका दुवै क्षेत्र र प्रदेशका चार वटै क्षेत्रमा उम्मेदवार टुगो लगाएको छ ।

मकवानपुरमा एमालेले राप्रपा नेपालका कमल थापालाई सहयोग गर्ने हल्ला चल्दै आएको थियो । तर अन्तिम समयमा आएर एमालेले संघ र प्रदेशमा उम्मेदार टुगो लगाएको छ ।

केही दिन अगाडि एमाले नेताले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर मकवानपुरमा राप्रपा नेपालको भोट नभएको भन्दै कमल थापालाई जिताउन नसकिने बताएका थिए ।

एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रामेश्वर रानाले टिकट पाएका छन् ।

यस्तै प्रदेशसभातर्फ १ क मा कमल विष्ट, १ ख मा एकालाल श्रेष्ठले टिकट पाएका छन् ।

त्यसै गरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा महेश बर्तौलाले टिकट पाउँदा प्रदेशसभातर्फ क मा विष्णु ढकाल र ख मा लालबहादुर थापाले टिकट पाएका छन् ।