Bagmati Samachar Logo

माओवादी नेता पराजुलीले गरे सिन्धुपाल्चोक २ बाट स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा माओवादीका जनयुद्धकालीन नेता ध्रुब पराजुलीले आगामी मंसिर ४ गतको चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जनयुद्धकालमा पराजुली पनिन अग्नि सापकोटाकै तहका नेता थिए । तर शान्ति प्रक्रियामा आएपछि पार्टीमा पछि परेका थिए । सापकोटा परिवारको चेपुवामा परेर माथि उठ्न नपाएपछि पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर बसेका थिए पराजुली । तर पछिल्लो समय पुनः सक्रिय भइरहेका थिए ।

उनी चुनावमा टिकटको आकांक्षी भए पनि पार्टीबाट अवसर नपाउने देखेपछि क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनी साँगाचोकगढी चौतारा नगरपालिका १२ का बासिन्दा हुन् ।

उनकी छोरी जानुका पराजुली यसअघि सोही नगरपालिकाको उपमेयर निर्वाचित भएकी थिइन् ।