सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच आज पनि भएन सहमति, भोलि फेरि बस्ने
काठमाडौ. । सत्तारुढ दलका शीर्ष नेताले पनि सिट बाँडफाँड टुंगो लगाउन सकेन । शनिबार बालुवाटारमा सिट संख्याबारे समझदारी गर्न बनेको कार्यदल र शीर्ष नेताको बैठक बसेको थियो।
तर, बैठकमा कुनै सहमति नजुटी बैठक सकिएको छ ।
‘आज शीर्ष नेता बस्नुभयो,’ एक नेताले भने , ‘तर शीर्षस्थ नेताको छलफलमा पनि कुनै सहमति जुटेन, भोलि (आइतबार) ८ बजे फेरि बैठक बस्ने भनिएको छ।’
आजको बैठकमा उपेन्द्र यादव उपस्थित भएका थिएनन्।
‘समग्र विषयमा सहमती गर्न खोजेकाले समय लागेको हो, सबै सकारात्मक छौँ, प्रदेश र संघको दुबै क्षेत्र मिलाउन समय त लाग्छ नै, अब छिट्टै सहमति गर्नु पर्छ भनेर हामी कोसिस मै छौँ,’ ती नेताले भने।
कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथि शीर्ष नेताहरुले छलफल गर्ने बताइएको थियो। तर, सिट बाँडफाँटको विषय पेचिलो बन्दै जाँदा शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन सकिएको हो।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल व्यस्त भएको भन्दै शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक शनिबारसम्मलाई स्थगित भएको थियो।
प्रतिक्रिया दिनुहोस्: