बालेनलाई कसैले धम्की नदिए हुन्छः वाइसीएल अध्यक्ष शेर्पाली
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)का अध्यक्ष सुबोध शेर्पालीले काठमाडौं महानगरपालिकामाा बनेका अनधिकृत संरचना हटाउने महानगरका मेयर बालेन साहको काम स्वागतयोग्य रहेको बताएका छन् ।
राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको शेर्पालीले सामाजिक सञ्जालमा लेखेको छन् । केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्र रुपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन पनि उनले चेतावनी दिएका छन् ।
आफ्नो वा पराई कोहि नभनी सधैं राज्यको भौतिक सम्पतिको संरक्षण गर्न र जनताको पक्षमा काम गर्न पनि उनले शाहलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: